Live Broadcast
Dear visiter any one link you can follow belows
URL Link
http://www.ustream.tv/channel/dearsagars
Link To the channel
http://ustre.am/pRFs
Embed the live video player anywhere using the code below
http://www.ustream.tv/embed/6164502
For Video clip pls, visit this link
http://www.youtube.com/watch?v=fxytflVDQD8&feature=g-all-u&context=G2a26c4eFAAAAAAAAAAA
क्वीज स्मारिका लोकार्पण तथा सम्मान समारोहको अन्तीम तयारी पुरा ।
विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टरको संयुक्त आयोजनामा संचालित अनलाइन साहित्यीक हाजिरीजवाफ प्रतियोगीताको क्वीज स्मारिका लोकार्पण तथा सम्मान समारोहको अन्तीम तयारी पुरा भएको जानकारी प्राप्त भएको छ ।
महासंघका महासचिव श्री जीवन थापा मगरद्वारा हस्ताक्षरित उक्त प्रेसवक्तब्यमा साउदी अरेवियामा स्थापना भएका सम्पुर्ण संघ संगठनका प्रमुख तथा प्रतिनिधीहरुलाई उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ ।
वहांद्वारा हस्ताक्षरित प्रेश वक्तब्यको पुर्ण विवरण यस प्रकारको रहेको छ ।
विषय ः प्रेश वक्तब्य ।
सम्पूर्ण नेपाली साहित्य प्रेमी दाजुभाइ दिदीबहिनीहरुमा
साहित्यिक अभिवादन
उपरोक्त विषयमा विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेविया र अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टरको संयुक्त आयोजनामा संचालित अनलाइन हाजिरीजवाफ प्रतियोगीताको क्वीज स्मारिका लोकार्पण तथा सम्मान समारोह साथमा विविध संस्कृतिक कार्यक्रमहरु सहित यही जनवरी २७ तारिख शुक्रबारका दिन साउदी अरेवियाको दमाम स्थित पारागन होटेलको हलमा हुने भएकोले साउदी अरेवियामा रहनुभएका सम्पूर्ण संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई पत्र पठाइसकिएको छ । कुनै कारणबस पत्र प्राप्त नभएको भए यसै पत्रलाई आधिकारिक निमन्त्रणा पत्र ठानी तोकिएको मितिमा विहान ठिक ११ बजे उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
उक्त अबसरमा प्रवासी नेपाली डटकमको आठौं बार्षिक उत्सब तथा कार्यक्रमलाई प्रविधिक कठिनाई उत्पन्न नभएमा पिएनएन अनलाईन रेडियोले प्रत्यक्ष प्रसारण गर्ने जानकारी पनि गराउदछौं ।
जीवन थापा
महा सचिव
विश्व नेपाली साहित्य महासंघ
साउदी अरेविया शाखा





















साउदी अरेवियामा महिला मुक्तिको आवाज लिएर हिडेकी यस्मीन बेगम सैयदले गएको दुई बर्षे कार्यकालमा गैर आवसीय नेपाली संघको गल्फदेश अन्र्तरगत साउदी अरेवियाबाट महिला सदस्यमा मनोनित भएकी थिईन उनले नेपाली महिलाहरुको समस्याको आवाज कति उठाईन कति समाधान गरिन र सम्बन्धीत निकाएसम्म कति पहल गरिन त्यो वहांलाईनै थाहा होला यात सम्बन्धत निकायलाई नै निकट भविश्यमा त्यसको जानकारी हामीले पाउनेनै छौं । तरपनि साउदी अरेविया जस्तो देशबाट त्यसमाथि एउटा मुस्लीम महिला आपत विपतमा परेका महिलाहरुको मुक्तिको आवाज लिएर हिड्नु भनेको कुनै चानचुने कुरा होईन । लाग्छ साउदी अरेवियामा महिला मुक्तिको लागी आंट र साहस लिएर अगाडी बढ्ने उनि पहिलो महिलो हुन । विभिन्न लेखहरुबाट होस या नेपालीहरुको विभिन्न कार्यक्रममा होस उनि धेरै चिन्तीत भएर आपत विपतमा परेका नेपालीहरुको उद्वारको लागी हात फैलाएको पाईन्छ । तर वाहांको यात्रा निरर्थक भएको छ । हातमा हात मिलाउने साथ दिने साथिहरुको कमि छ । यदि सबैले साथ दिनेहो भने वहांको यात्रा अलि सहज हुने महसुस गर्न सकिन्छ । 














