August 27, 2010

Gnlf live update

Filed under: Uncategorized
now live updating do refresh continue
लाईभ सुन्न, हेर्न, पढ्न र सहभागी हुन चाहानुहुन्छ भने निम्न नंम्बरहरु र कन्फरेन्स कलमा आउन सक्नुहुनेछ ।
स्मरण रहोस विभिन्न देशबाट प्रत्यक्ष शुभकामनाको पनि ब्यबस्था गरिएको छ ।
For Telephone:
056 288 9184
053 543 2521
054 471 3181
059 296 4966
For sky pe:
dearsagars
For Yahoo:
For G-talk
कवि मोतीराम भट्टको १४५ औ जन्म जयन्तीको पावन अबसर पारेर आज विश्व साहित्य महासंघ साउदी अरेविया शाखाको स्थापना हुदैछ ।  यस पावन अबसरमा हामीले प्रत्यक्ष अपडेट गर्दैछौं ।
कार्यक्रम सुरु भएको छ ।
कार्यक्रमलाई गजलकार मित्र खगेन्द्र अधिकारी अमृत ज्यूले गजल वाचन गरेर सुरु गरिरहनु भएको छ ।
थामिएन आंसु अनि लेखे गजल
धेरै खुसी हुदा पनि लेखे गजल

देशको मायाले सताउदा मलाई
मन शान्त पार्न भनि लेखे गजल

बुढाबाउको भोटो आमाको फरिया
फेरि दिने दिन गनि लेखे गजल

बोकेर फूल टिप्ने रहरहरु मनमा
बगैचाको माली बनी लेखे गजल

कांडाबीच एउटा फूल फुलिदिन
सपनामै माला उनी लेखे गजल

अहिले कार्यक्रमलाई औपचारिक रुपमा अगाडी बढाईदै छ ।
कार्यक्रमको संयोजकत्व गरिदिनहुन नव साहित्यकार÷समाजसेवी तथा प्रवासी नेपाली डट कमका निर्देशक सागर श्रेष्ठलाई अनुरोध गरिदै ।
अन्य अतिथिहरुलाई आशन ग्रहण गरिदै ।
अहिले विभिन्न साहित्यकार तथा नेपालमा संघिय लोकतान्त्रीक गणतन्त्र ल्याउनको लागी आफ्नो जीवनको आहुती दिने शहिदहरुप्रति एक मिनेट मौन धारण गर्दै ।
संयोजक सागर श्रेष्ठ तथा अन्य अतिथिहरुद्वारा कवी मोतीराम भट्टको तस्विरमा पुष्प गुच्छा अपर्ण गर्दै दिप प्रज्जलन ।
कवी मोतिराम भट्टले साहित्य क्षेत्रमा दिएको योगदानको बारेमा विभिन्न वक्ताहरुद्वारा प्रकाश पार्दै ।
बु्रन्ँँईबाट संघका महासचिव विश्व तिगेला पनि मन्तव्य दिनईरहनु भएको छ ।
अहिले विभिन्न देशहरुबाट प्रत्यक्ष टेलिफोन तथा कनफरेन्स कलबाट र साइबर च्याट मार्फत शुभकामना दिइरहनु भएको छ ।
अहिले मस्कोबाट डा. मधुकृष्ण श्रेष्ठ उहां विश्व नेपाली साहित्य महासंघको अध्यक्ष हुनुहुन्छ । महत्वपूर्ण शुभकामना दिनुहुदै….
madhu
सर्वप्रथम, ऐतिहासिक महत्व रहने आजको महत्वपूर्ण क्षणमा साउदी अरबियाको प्रतिनिधित्व गर्दै विश्व नेपाली साहित्य महासंघमा आबद्ध हुन भेला भै रहनु भएका त्यहाका श्रष्टा, साहित्यानुरागी र समाजसेवी मित्रहरुलाइ मेरो व्यक्तिगत र केन्द्रिय अध्यक्षको तर्फबाट न्यानो साहित्यिक अभिबादन !
नेपालभित्र र बाहिरका सम्पूर्ण साहित्यप्रेमी नेपालीहरु साहित्यको सिर्जना, विकास र सम्बर्द्दनकालागि एकजुट हुनाकोलागी एक्यबद्दताको साझा र पारदर्शक विश्वव्यापी साहित्य-संजालको अभाब खड्किरहेको बेला संसारका विभिन्न भागमा छरिएर रहनु भएका साहित्यिक मनहरुको भानु जयन्ति -२०१० ले दुरगामी सम्भावनाहरुको आधारमा विश्व नेपाली साहित्य महासंघ स्थापना गरेको छ - आज तपाईंहरु विनेसामको शाखाको रुपमा हामीसंग आवद्ध हुनु भएकोमा हामि अति नै खुशी र गौरववानित छौं |
हामी मानव जीवनको महत्वपूर्ण क्षेत्र मानिएको भाषा-साहित्यप्रति समर्पित छौं | संस्थाको उद्द्देश्य र आदर्शतर्फ अग्रसर हुदै जाने क्रममा आउँदा दिनहरुमा यहाहरुलाई ठुल्ठुला उपलब्धि र सफलताहरु हासिल होउन भन्दै म नेपाली साहित्य सिर्जना, विकाश र त्यस शाखाको स्थायित्वकोलागी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु | धन्यबाद !
अहिले कार्यक्रमको दोस्रो चरण अन्र्तगत विश्व साहित्य महासंघ साउदी अरेवियाको केन्द्रिय समितिहरुको विधिवत स्थापनाको लागी सागर श्रेष्ठ महत्वपुर्ण मन्तब्य दिदै ।
मन्तव्यको पूर्ण पाठ यस प्रकार छ ।

आदरणीय यहा उपस्थित साहित्य अनुरागीहरु टेलीफोन मार्फत सहभागी भईरहनुभएका कन्फरेन्स मार्फत प्रत्यक्ष सहभागी भईरहनु भएका र ईमेल ईन्टरनेट मार्फत सहभागी भईरहनु भएका साहित्यीक सर्जकहरु सर्वप्रथम स्वीकार्नुहोस न्यानो साहित्यीक अभिबादन ।
धेरै ढिलो भएता पनि साहित्यीक सर्जकहरुको सुख दुःखको भारी विसाउने साझा चौतारी विश्व साहित्य महासंघको विधिवत रुपमा गत आदिकवी भानुभक्त आचार्यको जन्मजयन्तीको पावन अबसरमा स्थापित भई सकेको यहाहरु सबैलाई अवगत भएकै हो ।
साहित्यीक सर्जक मित्रहरु
२१ औं शताब्दीको टेक्नेलोजीको प्रयोगले गर्दा छोटो समयमै विश्व साहित्य महासंघ साउदी अरेविया शाखा दोस्रो शाखाको रुपमा स्थापना गर्न पाउदा हामिलाई गौरब लागेको छ । यस पावन अबसरमा म मलाई साथ दिनुहुने तंपाई सम्पुर्ण साहित्यीक सर्जकहरुलाई हृदय देखीनै हार्दिक धन्यबाद ज्ञापन साथै बधाई दिन चाहान्छु ।
अब म ढिलो नगरी यस गरिमामय ऐतिहासीक दिनको स्मरण गर्दै विश्व साहित्य महासंघ साउदी अरेविया शाखाको केन्द्रीय बोर्डको सदस्यहरु र केन्द्रीय सल्लाहकार बोर्डको सदस्यहरुको नामवली औपचारीक रुपमा सार्वजनिक गर्न चाहान्छु ।

धन्यवाद।

सागर श्रेष्ठ केन्द्रिय कमिटिको तथा सल्लाहकारहरुको नामवली वचन गर्दै ।
 स्मरण रहोस यो कार्यक्रममा अहिले साउदी अरेवियाको विभिन्न क्षेत्रबाट साहित्यिक सर्जकहरु टेलीफोन च्याट कन्फरेन्सबाट प्रत्येक्ष्य कार्यक्रममा सहभागी भई रहनुभएको छ । हामीले देखी रहेका छौं ५-६ ओटा मोबाईलमा फि्र स्पीकरमा सुनिरहनु भएको छ भने च्याट तथा कन्फरेन्सबाट दर्जनौ साहित्यिक सर्जकहरुले कार्यक्रममा सहभागीता जनाई रहनु भएको छ ।
सुर्य याक्खा रियाद साउदी अरेवियाबाट शुभकामना मन्तव्य व्यक्त गर्दै
संघको केन्द्रिय कमिटिमा निम्न ब्यक्तिहरु रहेकाछन् ।

अध्यक्ष ः श्री खगेन्द्र अधिकारी अमृत
उपाध्यक्ष ः श्री सूर्य विक्रम याक्खा
महा सचिव ः श्री पुष्पक वली
सचिव ः श्री कमल शाही निर्मल
सहसचिव ः श्री रुपक दाहाल
अर्थसचिव ः श्री दुर्गा बहादुर भण्डारी
अर्थ सहसचिव ः श्री राजु पौडेल
सदस्यहरु ः
श्री कुमार श्रेष्ठ
श्री पुर्ण गुरुङ्ग
श्री शिब बहादुर थापा
श्री राजेन्द्र महतो
श्री विष्णु प्रसाद चापागाई
श्री कृष्ण बहादुर सतुगे
श्री दिलकुमार श्रेष्ठ एकले
श्री बांकी

सल्लाहकार सदस्यहरु
श्री सागर श्रेष्ठ -अन्तराष्टिय प्रतिनिधि तथा प्रमुख सल्लाहकार
श्री छांयाचन्द्र भण्डारी
श्री सुविन श्रेष्ठ
श्री सुरज गिरि
सुश्री कोपिला राइ
GNLF KSA BODY

 

अहिले सपथ खाने कार्यक्रम रहेको छ

सपथ ग्रहणको पूर्ण यसप्रकार छ ।

शपथ ग्रहण
म ……………। यस विश्व साहित्य महासंघ साउदी अरेवियाको विधान र नियमावली वमोजीम अनुशासनमा रहि संघले दिएको काम कर्तव्य र अधिकार पुरा गर्नेछु । हरेक समुदायमा नेपालका विभिन्न भाषा साहित्य कला र संस्कृतिको जर्गेर्ना संरक्षण र सम्बद्र्धन गर्न मन वचन र कर्म अनि तन मन र धनले आफ्नो जिम्मेवारी पूरा गर्नेछु ।
धन्यबाद ।

यसको साथसाथै हामीलाई पनि विदा दिनुहोस फेरी भेट्ने बाचा गर्दै अहिलेलाई विदा हुन्छौ ।
धन्यवाद ।
प्रवासी नेपालीडटकम परिवार

Greetings from diferents places:
विश्व साहित्य महासंघ  साउदी अरेविया शाखा स्थापना भएको अत्यन्त सुखद उपलक्ष्यमा विश्व साहित्य महासंघ साउदी अरेविया शाखाका सम्पूर्ण पदाधिकारीहरूलार्इ बधार्इ तथा शुभकामना ब्यक्त गर्दछु ।
 
उमा सुवेदी
इजरायल
आदरणीय साहित्यक प्रेमी महानुभावहरुमा
मेरो हार्दिक नमस्कार ।

विषयः धन्यवाद एवं बधाई ।

महोदय
मोति राम भट्टको एक सय पैंतालिसौं जन्म जयन्तीको अवसरमा साउदी अरेवियामा विश्व साहित्य महासंघको विधिवत रुपमा शाखा स्थापना गर्नुभएकोमा सम्पूर्ण साहित्यिक अनुरागीहरुलाई हार्दिक धन्यवाद एवं नव नियुक्त पदाधिकारीहरुमा म मुरी-मुरी बधाई दिन चाहन्छु । साथै आगामी दिनहरुमा हामी सबैको सहकार्यमा नेपाली भाषा र साहित्यिक फांट अझ फराकिलो हुदैं जानेछ भन्ने कुरामा पूर्ण विश्वास लिएको छु ।
धन्यवाद ।

कोपिला राई
सल्लाहकार

साउदीअरवका सम्पुर्ण साहित्यकाहरुमा हार्दिक बधाइ तथा शुभकामना दिन चाहन्छु ।
Birendra poudyal India

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali1.blogsome.com/2010/08/27/gnlf-live-update/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Get free blog up and running in minutes with Blogsome
Theme designed by Ian Main